२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष लिङ्देनको निर्णयले पार्टीमा क्षति पुगेको भन्दै राप्रपाका चार नेताले जारी गरे विज्ञप्ति 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताको आरोप छ ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका हुन् ।

‘विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यस अघि पनि पटक-पटक हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तव्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुख:द घटनाक्रम हो ।’

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लावतीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको बताएको विज्ञप्तिमा दाबी गरिएको छ ।

बैठकमा लिङ्देन, लावती, पूर्वअध्यक्ष मा. पशुपति शम्सेर जबरा, नवराज सुवेदी, नेता हरिबहादुर बस्नेतको उपस्थिति भएको बेला अध्यक्षले उक्त अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

सुवेदीलाई अध्यक्ष लिङदेनले भनेको बोलीबारे लेखिएको छ, ‘दाइ पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस् ।’ सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोप्रति आपत्ति जनाइएको छ ।

महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उनीहरूको दाबी छ ।

क्रियाशील नेतालाई शृङ्खलाबद्ध रूपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरू उब्जिएको उनीहरूले  विज्ञप्तिमा लेखेका छन् ।