२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूमाथि आक्रमण गर्नेहरूलाई त्रिपाठीले दिए क्षमादान, चारै जनाले मुद्दाबाट पाए पूर्ण सफाइ

अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने चार जनालाई क्षमादान दिएका छन्।

सहकारी पीडितको पक्षमा बहस गरेर निस्कने क्रममा गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरबाहिर आफूमाथि आक्रमण गर्नेहरूलाई उनले इजलासमै माफी दिएका हुन्।

त्रिपाठीको बयानपछि अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा चारै जना प्रतिवादीलाई सफाइ दिएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको पक्षबाट बहस गरेपछि गत माघ २ गते अदालतको गेट बाहिर आक्रमण भएको थियो।

आक्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूको संलग्नता रहेको आरोप लागेको थियो।

आक्रमणमा संलग्न ललितकुमार केसी, महानन्द जैसी, सीतादेवी राई र दीपक आलेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत काठमाडौँले उनीहरूलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरू सबै धरौटी बुझाएर पुर्पक्षका लागि थुना बाहिर थिए।

बुधबार जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बकपत्रका लागि उपस्थित भएका त्रिपाठीले प्रतिवादीहरूलाई क्षमादान दिएको बताएका थिए।उनले आक्रमणकारीहरू अरूबाटै परिचालित र दिग्भ्रमित भएकाले आफूले मन, मस्तिष्क र स्मृतिमा कुनै पनि द्वेष नराखी माफी दिएको बयान दिए।

‘ममाथि सांघातिक आक्रमण गर्ने प्रतिवादीहरू अरूबाट सञ्चालित एवं परिचालित पात्रहरू हुन्। यी प्रतिवादीहरू दिग्भ्रमित पारिएका र आफ्नो विवेक शक्ति गुमाएका व्यक्तिहरू हुन्। उनीहरू आफ्नो विवेकभन्दा अरूबाट परिचालित भएकाले मैले मन, मस्तिष्क एवं स्मृतिमा नराखी क्षमादान दिएको छु,’ त्रिपाठीले भनेका छन्।

त्रिपाठीले नै आफ्नो दाबी छाडेपछि इजलासले सोहीअनुसार फैसला सुनाएको हो। अदालतको यो आदेशसँगै चारै जनाले मुद्दाबाट पूर्ण सफाइ पाएका छन्।