काठमाडौँ । मधेस प्रदेश सभाको चालु अधिवेशनलाई अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस सरकारको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेकी हुन् ।
मधेस प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनमा कुल २२ वटा बैठक बस्दा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएर पारित भएको थियो।







