२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट मिनिरल वाटर मगाउने प्रवृतिप्रति प्रभु साहले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृति उचित नरहेको बताएका छन् ।

बुधबार सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् । शासन सत्तामा रहनेले आफू विदेशबाट मिनिरल वाटर मगाएर पिउने जनतालाई खानेपानी समेत उपलब्ध गराउन नसक्ने अवस्था अन्त्य हुन आवश्यक रहेको बताए ।

‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिरल वाटर मगाएर पिउने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी अपराध गर्दैहुनुहुन्छ,’ साहले भने ।

शासन सत्तामा रहनेले आफू जनताले तिरेको करबाट विदेशी पानी पिउने तर, तर सर्वसाधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोजिएको हो भन्ने उनको प्रश्न छ ।

उनका अनुसार अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको छ, चापाकलबाट पानी आउन छोडेको छ । काठमाडौँको सुकुम्वासी बस्तीमा समेत सरकारले खानेपानी दिन नसक्दा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरू आन्दोलित छन् ।

सुकुम्वासी संघले खानेपानीको माग गर्दै काठमाडौँको त्रिपुरेश्वर स्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी धर्ना दिँदै आएका छन् । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरूको जायज माग समेत सम्बोधन गर्न साहको आग्रह छ ।