२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला, पठनपाठन अस्थायी रूपमा बन्द

अ+ अ-

काठमाडौँ । पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ । बुधबार बिहान सरदार पटेल विद्यालय प्रहरीको सल्लाह अनुसार बन्द रहने छ ।

अधिकारीहरूका अनुसार द्वारकाको सेन्ट थोमस स्कुल, वसन्त कुन्जको वसन्त भ्याली स्कुल, हौज खासको द मदर इन्टरनेसनल स्कुल, पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुल र लोधीको सरदार पटेल स्कुलमा विस्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

चेतावनी पछि दिल्ली प्रहरी र विस्फोटक पदार्थ निष्क्रिय पार्ने कर्मचारीलाई विद्यालय परिसरमा तैनाथ गरिएको जनाइएको छ । विस्फोटक पदार्थ निष्क्रिय पार्ने समूहले परिसरको पूर्ण सरसफाइ गरिरहेको छ । सूचनाको बारेमा सरदार पटेल विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई सम्बोधन गरेको इमेलमा अवस्थाको बारेका थप सूचना जारी गर्ने जनाइएको छ ।

राजधानीका प्रमुख विद्यालयहरूलाई बमको चेतावनी पाएपछि दिल्ली प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरूलाई तुरुन्तै घटनास्थलमा तैनाथ गरेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार इमेलमार्फत बमको चेतावनी आएपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुल परिसरमा फायर टेन्डर र प्रहरी पठाइएको थियो ।

अग्नि नियन्त्रक विभागले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । यस अघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । प्राप्त इमेलमा पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।

दिल्ली प्रहरीका अनुसार उक्त स्थान खाली गरी विस्फोटक पदार्थ निष्क्रिय पार्ने स्रषा अधिकारी, तालिमप्राप्त कुकुर, दिल्ली अग्नि नियन्त्रण टोली, र विशेष कर्मचारीको टोली घटनास्थलमा तैनाथ गरी पूर्ण रूपमा जाँच भइरहेको छ ।

दिल्ली प्रहरीले अन्य शैक्षिक संस्थाबाट भने उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्राप्त नभएको जनाएको छ । सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुई वटा विद्यालयलाई पनि इमेलमार्फत बमको चेतावनी आएको थियो । यद्यपि अपरेसनमा कुनै विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ ।

चाणक्यपुरी स्कुललाई पठाइएको इमेलमा तमिलनाडु सरकार विरोधी सन्देश रहेको थियो । प्रहरीले सबै चेतावनीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।