२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मन्त्रीक्वाटरमा विहानै घुसको ब्रीफकेस पुग्छ, प्रमाण जुटेपछि पनि मन्त्री पदमा’: डा. शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले मन्त्रीहरूका गतिविधि र गठबन्धनमा कांग्रेसको भूमिकालाई समेत प्रश्न उठाउँदै भ्रष्टाचार, सत्ता र विपक्षीको भूमिकामाथि कटाक्ष गरेका हुन्।

कोइरालाले मंगलबार बिहान आफ्नो फेसबुकमा लेखेका छन्, ‘यस्तै रहेछ यहाँको चलन: मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’

उनले आफ्नो स्टाटसमा सत्ता सञ्चालनको शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। कोइरालाले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरू प्रमाणसहित उजागर भए पनि प्रधानमन्त्रीले कारबाही गर्न नसकेको र उल्टै मन्त्रीहरूकै मीठा कुरा सुनेर उनीहरूलाई पुन: मन्त्रिपरिषद बैठकमा सामेल गराइरहेको उल्लेख गरेका छन्।

साथै उनले संसदमा प्रतिपक्षको भूमिका पनि औपचारिकता मात्र भएको टिप्पणी गर्दै लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन्’, जसले भ्रष्टाचार विरुद्धको लडाइँ प्रभावकारी बन्न नसकेको संकेत गर्छ।

उनको भनाइमा सत्ता गठबन्धनका साझेदार नेपाली कांग्रेस पनि ‘साक्षी किनाराका सदर’ बनेको भन्दै आफूहरूले पनि निर्लिप्त भएर गलत कामको गवाही मात्र गर्ने भूमिकामा सीमित भएको दु:ख व्यक्त गरेका छन्।

डा. कोइरालाको यो टिप्पणी सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टि र सरकारको नैतिक धरातलमा उठेका प्रश्नको संकेतका रूपमा पनि हेरिएको छ।