२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौँ’- अध्यक्ष लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकका प्रारम्भमा उनले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गरे ।

“मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र?”, अध्यक्ष लिङ्देनले प्रश्न गरे, “हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौ ।”

अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताए । “जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ”, उनले भने, “प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गरी जवाफ दिनुपर्ने बताए । आ–आफ्ना पार्टीका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।