२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान

अ+ अ-

काठमाडौँ । वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज उक्त आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो ।

ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) कृष्णप्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण  गरे ।

सचिव आचार्यले आयोजना निर्माणको कामलाई समयमै सम्पन्न गर्न आग्रह गरे  । वर्षौंदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अगाडि बढ्न नसकेर उत्पादक, लगानीकर्ता र सञ्चयकर्ताहरू निराश भइरहेका बेला ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको त्यस अवसरमा जानकारी दिए।

अनुमतिपत्र प्रदान कार्यक्रममा मन्त्रालयका सहसचिव, विद्युत् विभागका महानिर्देशकका साथै प्रतिनिधि  सभा सदस्य हृदयराम थानी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका सिइओ आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका खेल्नुभएकामा ऊर्जा मन्त्री, सचिवलगायत लगानी बोर्डलाई धन्यवाद दिए । उनले आयोजनालाई निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानीसहित कुल लागत करिब रु. ९३ अर्ब रहने अनुमान गरिएको छ । बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी र २५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको लगानी रहनेछ ।