२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शव आज अस्पतालमै राखिने छ । परिवारका एक सदस्यका अनुसार भोलि आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।

इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।

उनका दुई छोरी छन् ।