२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सुधार्न जरुरी’ : मन्त्री साह

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता प्रणालीको सुधार आवश्यक रहेको बताएका छन् । 

ज्येष्ठ नागरिकलाई सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रस्तावमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ४ हजारबाट बढाएर ५ हजार पुर्‍याउनुपर्ने माग गरे ।

साहले भने, ‘यहाँ धेरै माननीयज्यूले ४ हजारलाई ५ हजार गर्न भन्नुभएको छ । अहिले खरब रुपैयाँभन्दा बढी हामी सामाजिक सुरक्षाको नाममा सरकारले बेहोरिरहेछ । तर, त्यो बेहोर्ने जो तरिका छ, बेहोर्ने जो जुन पद्धति छ अर्बपतिले लगिरहेका छन् ।’

उनले थपे, ‘यसरी हुँदैन । जो वास्तविक जसलाई एकदम आवश्यक छ सामाजिक सुरक्षाको, उसलाई आर्थिक मदत गर्नुपर्छ । अब मलाई किन दिनु पर्‍यो रु मेरो श्रीमतीलाई किन दिनु पर्‍यो ? त्यसै कारण यसमा सुधार हुनुपर्छ ।’