२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकका लागि समयमै मलखाद उपलब्ध गराउन सांसद साउदको माग

अ+ अ-

काठमाडौँ । सांसद नारायण प्रकाश साउद (एनपी साउद)ले धान रोपाइँको समयमा किसानहरूलाई आवश्यक मलखाद समयमै उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको र यसले अर्थतन्त्रमा २४ प्रतिशत योगदान दिएको उल्लेख गरे।

सांसद साउदले कञ्चनपुरलगायतका जिल्लाहरूमा जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि मलखादको अभावले किसानहरूको लगानी, परिश्रम र आशामाथि तुषारापात भएको बताए। उनले मलखादको अभावले वर्षभरिको खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूतिमा जोखिम आउन सक्ने चेतावनी दिए।

“कृषिप्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैँमा विडम्बना हो,” उनले भने। दीर्घकालीन समाधानका लागि ठूलो विद्युत् परियोजना समर्पित गरी मल कारखाना स्थापना गरेर सस्तो रासायनिक मल उत्पादन गर्न र आन्तरिक खपतसँगै निर्यात प्रवर्द्धन गर्न सकिने उनको सुझाव छ।

अल्पकालीन रूपमा सरकारले किसानका समस्याप्रति संवेदनशील भई तत्काल मलखाद उपलब्ध गराउन र आपूर्ति चक्रलाई नियमित, व्यवस्थित र दिगो बनाउन साउदले सभामुखमार्फत सरकारसँग जोडदार माग गरे।