काठमाडौं । आज बसेको संसद् बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना जानकारी गराएका छन् ।
आजको बैठक नवगठित नेकपाको वरीयताक्रम अनुसार बसेको छ । सत्ता पक्षबाट वरीयताक्रमअनुसार अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका छन् ।
दोस्रो नम्बरमा वरिष्ठ नेता माधवकुमार नेपाल छन् भने बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् ।