२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइडबडी विमानको इञ्जिन मर्मतमा कुनै चलखेल नभएको नेपाल वायुसेवाको दाबी

अ+ अ-

काठमाडौँ । वाइडबडी विमानको इञ्जिन मर्मतमा कुनै चलखेल नभएको नेपाल वायुसेवा निगमले दाबी गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै वाइडबडी विमानका चारवटै इञ्जिनको मर्मतका लागि गत फेब्रुअरी २२, २०२५ मा कार्यकारी अध्यक्षको संयोजकत्वमा सीएएम विभागका निर्देशक महेशकुमार मरिताको नेतृत्वमा उपसमिति गठन भएको र उपसमितिले निर्माता कम्पनी रोल्स रोयससँग प्राविधिक जानकारी संकलन र मर्मतको तयारीका लागि सिंगापुरमा छलफल गरेको जनाएको छ। 

निगमले ठूलो लगानीको मर्मतका लागि अनुभव संकलन र परिपक्व निर्णयका लागि अप्रिल २९, २०२५ मा रोल्स रोयस सिंगापुरसँग विधिवत् छलफल गरेको र त्यसमा अन्य व्यावसायिक कार्य पनि जोडिएको बताएको छ।

विज्ञप्तिमा उल्लेख छ, मर्मतका लागि टेण्डर प्रक्रिया अझै सुरु नभई कुनै सम्झौता नभएको र रोल्स रोयससँगको छलफलमा अन्तर्राष्ट्रिय कानूनी जटिलता अध्ययनका लागि वरिष्ठ कानूनी सल्लाहकारको सहभागिता रहेको छ। साथै, सीएएम विभागका निमित्त निर्देशक ज्ञानबहादुर कुँवरले चीनको शेनयाङमा ए३२० जहाजको सी-चेक कार्यमा रहँदा सिंगापुर छलफलमा सहभागी भएको निगमले प्रष्ट पारेको छ। निगमले रोल्स रोयससँगको छलफलमा गैर (प्रकाशन सम्झौता (एनडीए) गरी व्यावसायिक प्रक्रिया अघि बढाएको र सिड्नी उडान तयारीका लागि सिंगापुर चाङ्गी एयरपोर्टमा पनि बैठक सम्पन्न गरेको जनाएको छ।