काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियार प्रशासन विशेष स्रोतका अनुसार, योजनाको भुक्तानी गर्ने क्रममा घुस लिँदै गरेको अवस्थामा यादवलाई आज नियन्त्रणमा लिइएको हो।








