काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलको निर्देशक प्रा. डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।
मन्त्री पौडेललाई थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भएर स्वदेश फर्के लगत्तै असार १४ गते अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरिएको छ ।
उनलाई उच्च ज्वरो आउनुका साथै पेट दुख्ने समस्याको कारणले अस्पतालमा भर्ना गरिएको हो ।







