२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ पिरियड हटाउने घटना विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगी हुनुपर्छ : बाबुराम भट्टराई

अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था समितिबाट पारित ‘कुलिङ अफ पिरियड’ प्रावधान जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले लेखेका छन्, “‘कूलिंग अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ!”

उनले यो घटनाले उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठ उजागर गरेको बताए। “उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भर्त्सना र निन्दा गरे पनि कम हुन्छ,” उनले थपे।

भट्टराईले यस्ता समस्याको समाधानका लागि टालटुले सुधारले नपुग्ने भन्दै राज्य प्रणालीको अग्रगामी पुनर्संरचना आवश्यक रहेको जोड दिए। “हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही बर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है!!” उनले लेखेका छन्।