काठमाडौँ । काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
आइतबार काठमाडौँ जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो ।
शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका थिए ।







