काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको प्राविधिक उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार नेपाली सेनाको प्राविधिक उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
नेपाली सेनाको वि.नं. ०८१-८२/१२ (सै.स., खुला/आ.ज.), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, डेन्टल समूह, प्राविधिक उपसेनानी (डेन्टिष्ट डा.) पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।








