२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष चतुर बहादुर चन्दलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय प्रक्रियाको बेवास्ता गरिएको आरोप लगाएका छन्।

उपाध्यक्ष सिंहसहित दुर्गाराज पाठक, प्रदीप मजगैंया, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्टले हस्ताक्षर गरेको पत्रमा नेपालको क्रिकेट विकासमा क्यानको प्रयासलाई सकारात्मक ठहर गरिए पनि ती प्रयासहरू व्यक्तिगत स्वार्थबाट प्रभावित भएको दाबी गरिएको छ।

यसबारेमा क्यानका अध्यक्ष चन्दले भने यी कुराहरूलाई सुझावका रूपमा लिएको बताएका छन् ।

पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन गर्ने तयारी भइरहेपनि पहिलो संस्करणको आर्थिक विवरण अझै बोर्डले प्राप्त नगरेको र त्यो हिसाबकिताब क्यान बोर्डबाट अनुमोदनसमेत नभएको उल्लेख गरिएको छ।

अध्यक्ष चन्दका अनुसार यसबारेमा अघिल्लो बोर्ड मिटिङमा नै छलफल भएर चाँडो सार्वजनिक गर्ने सहमति भएको थियो ।

यस्तै, वेस्ट इन्डिज र नेपालको यूएईमा प्रस्तावित सिरिजसम्बन्धी जानकारी मिडियामार्फत मात्र थाहा पाइएको भन्दै बोर्डलाई बेवास्ता गरिएको गुनासो पनि पत्रमा गरिएको छ।

‘क्यान कुनै एक वा दुई जनाको संस्था होइन’ पत्रमा उल्लेख छ, ‘संस्था विधि, विधान र विनियमले निर्धारण गरेको प्रक्रिया अनुसार चल्नुपर्ने हो। तर हाल देखिएको एकल निर्णय प्रणालीले संस्था अपारदर्शी बन्दै गएको छ।’

यसबारेमा भने चन्दले उक्त विषयबारे वेस्ट इन्डिज बोर्डले नै अलि गोप्य राख्ने आग्रह गरेको बताए ।

पत्रमा बोर्ड सदस्यहरूसँग छलफल नगरी महत्त्वपूर्ण निर्णयहरू गरिनु विधि विधानको उल्लंघन भएको बताइएको छ। साथै, यस प्रकारको व्यवहार जारी रहेमा भविष्यमा उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवारी आफूहरूले नलिने चेतावनीसमेत दिइएको छ।

उक्त पत्रलाई असहयोग वा पूर्वाग्रही कदमको रूपमा नभई संस्थालाई मजबुत बनाउने र पारदर्शीता अभिवृद्धि गर्ने प्रयासको रूपमा हेर्न पनि आग्रह गरिएको छ।