२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

अ+ अ-

काठमाडौँ । विपद् प्रतिकार्यका लागि सरकारले काठमाडौँ, पोखरा र सुर्खेतमा तयारी अवस्थामा हेलिकप्टर राखेको छ ।

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको जानकारी दिएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरूमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा राख्ने तयारी भइरहेको बताए ।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ ।’ गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड दिए ।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।

‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौँ ।’ लेखकले भने, ‘जुनसुकै बेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पूर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए ।

संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाडौँ बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए ।