२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन ।’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको छ भने ।

उनले विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति खेदजनक रहेको बातए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारतबीचको सम्बन्ध २१औँ शताब्दी अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित, पञ्चेश्वर जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । रासस