२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

अ+ अ-

म्याग्दी । पर्यटन प्रवर्दन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ ।

प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।

पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्धगल्छीलगायत दर्जनौं पर्यटकीयस्थल छन् ।

भ्रमण वर्षको बेनीमा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले म्याग्दीलाई ‘टे«किङ रुटको राजधानी बनाउने’ घोषणा गर्दै पदमार्ग निर्माणमा प्राथमिकता दिने बताए ।

गत आव २०७३/७४ मा ७० हजार विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा भ्रमण वर्षको अवसरमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राखिएको संघका महासचिव लिलाराम गौतमले बताए ।

भ्रमण वर्षको अवसरमा कालीपुलमा बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याँक राख्ने र धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याएको द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

कार्यक्रममा प्रदेश ४ की सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्नुपर्ने विचार व्यक्त गरे ।

म्याग्दीको पर्यटन विकासका लागि पदमार्ग निर्माण, होटल तथा लज, सुरक्षा र लगानीमैत्री वातावरणको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

भ्रमण वर्षलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी प्रचारप्रसार र पूर्वाधार विकासमा लगानी भित्र्याउने अवसरका रुपमा उपभोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस