सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला


३० बैशाख २०७५, आइतबार


ढल

खोटाङ । सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो ।

नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी अझै नभेटिएको प्रहरीले जनाएको छ । विद्यालय छुट्टीको दिन सुनकोशी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस