२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन ।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन । “बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,” वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ ।” 

उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ । “गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र संघीय सरकारलाई गुहार्छौं”, उनले भने । 

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले उल्लेख गरे। नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने रु ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनी बताउछन् । 

केन्द्रमा आठ जना गौसेवक कार्यरत रहेका छन् । व्यवस्थापन केन्द्रमा रु तीन करोड ५० लाखका संघीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन् । चार वटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुई वटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ । योसँगै पाँचवटा अटोजन नल्का, चार वटा सौर्यबत्ती, दुई वटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ ।

माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ । चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउछन् । “व्यवस्थापन केन्द्र नजिकै पुरैना ताल छ”, उनले भने, “व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डिपिआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ ।” पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने सुझाव उनको छ ।

सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ । गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँस खेती गरिएको छ ।