३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा भएको रुसी आक्रमणमा नौ जनाको मृत्यु

अ+ अ-

युक्रेन । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रुसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।

यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो। वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्ध विराम नभएको र सम्भावित युद्ध विरामका विषयमा विचारहरू आदान-प्रदान मात्र गरिएको जनाइएको छ।

वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको युद्ध रोक्नका लागि ‘बिना सर्त युद्ध विराम’ चाहेको स्पष्ट पारेको छ। तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।

युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्।

यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस