काठमाडौँ। आगामी ६ जेठमा संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन् ।
प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ ।
नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।