३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‌मा दलको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्न आग्रह

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नारायण प्रसाद आचार्यले संसदमा जनताको आवाज ओझेलमा परेको गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालको संसदीय अभ्यास हेर्दा राष्ट्र र जनता भन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित भएको हो कि भन्ने परिस्थिति बनेको पाइएको छ,’ उनले भने ।

संसद्‌मा जनताका आवाज सुनिनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘संसद भनेको राष्ट्रको गरिमामय महत्त्वपूर्ण थलोको रूपमा रहको छ । सांसदलाई दुरदराजको आवाज बोल्ने, देश अगाडि बढाउने सुनौलो बाटो तय गर्ने मर्यादित थलो हो ।’

तर, यस अनुसार व्यवहार नभइराखेको उनको भनाइ छ । उनी थप्छन्, ‘तर, संसदमा स्तरहिन, असंसदीय र गैर जिम्मेवार अभिव्यक्तिले गर्दा संसद झगडा गर्ने स्थलको रूपमा रहेको हो कि भन्ने जनतामा भ्रम पर्न गएको छ ।’

यस्ता गतिविधि अन्त्य गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको राय छ । लोकतन्त्रमा राजनीतिक दल महत्त्वपूर्ण हुने भएकाले दलको धारणा मात्रै संसद्मा राख्दा उचित हुने उनको आग्रह छ ।

‘लोकतन्त्रमा राजनीतिक दल नै प्रमुख निर्णायक शक्ति हुन् । दलको आधिकारिक धारणा मात्र ल्याऔँ’ उनले भने, ‘तपाईँ हामी दलको प्रतिनिधिको रूपमा विश्वास गरेर जनताले अमूल्य मत प्रदान गर्नु भएको हो ।’

प्रचारका लागि दलको धारणा बाहिर गएर बोल्न नहुने पनि उनको आग्रह छ । अगाडि भन्छन्, ‘भाइरल हुने गरी विषयवस्तु नल्याऔँ । सामाजिक मर्यादा कायम हुने गरी जनता केन्द्रित र आधिकारिक धारणा प्रस्तुत गर्दा मात्र संसदको मर्यादा कायम हुन्छ ।’

पपुलरको नाममा अनावश्यक विषय राख्दा संसदको गरिमा कायम नहुने उनको भनाइ छ । सरकार ढल्छ कि ढल्दैन भन्ने विषय छाडेर विकास आयोजनामा के कति प्रगति भएका छन् भनेर बहस गर्दा उचित हुने उनले बताए ।

जनताको जीवनमा प्रभाव पार्ने शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा छलफल गर्न आवश्यक रहेको उनले बताए । संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क भनिएको उल्लेख गर्दै यसअनुसार अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस