२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सगरमाथा संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्छ’ : सांसद गैरे

अ+ अ-

काठमाडौँ । सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य संकटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा उनले जलवायु परिवर्तनको कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताए । बैठकमा सांसद डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नं १ मा गत वर्ष असोजमा आएको बाढीका कारण सिँचाइ तथा खानेपानीका मुहान सुक्दै गइरहेकाले विपद् व्यवस्थापन गर्न ती क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।  

सांसद डोलप्रसाद अर्यालले वर्षायाममा बाढी पहिरोबाट नागरिकले कष्ट भोग्नुपर्ने भएकाले समयमै  विपद् व्यवस्थापनको वातावरण सिर्जना गर्न सरकारको  ध्यानाकर्षण गराए । सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारपछि विस्थापित परिवारको पुनर्स्थापना गर्न सरकारसँग माग गरे। सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद दिक्पालकुमार शाहीले दैलेखको आठबीस नगरपालिकामा विद्युत् वितरण अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्न आग्रह गरे। सांसद दीपकबहादुर सिंहले जिल्ला दर रेट कायम राख्दा राजस्व कार्यालयलाई पनि राय दिनका लागि राख्नुपर्ने तथा नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिए । 

सांसद नारायणी शर्माले तराई–मधेशमा तापक्रम अत्यधिक बढिरहेको बेलामा विद्युत् भार कटौती भइरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद निशा डाँगीले मुलुकको दिगो विकास, सीप विकासको तालिम र रोजगारी तथा गुणस्तरीय शिक्षा, सुशासनको आवश्यकता रहेको बताइन् । 

सांसद पुष्पबहादुर शाहले ५० शय्याको अछाम जिल्ला अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरे । सांसद प्रकाश ज्वालाले सल्यान तरकारी तथा फलफूलको भण्डार रहेकाले सिँचाइ र विद्युत्को व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

सांसद प्रेमबहादुर महर्जनले गत वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो धनजनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरू मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिए ।  सांसद विन्दवासिनी कङ्साकारले हेटौँडा उपमहानगरपालिका–१७ सञ्चार सुविधाविहीन रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन्।