काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने कीर्तिपुरस्थित बाल आश्रम बेबी लाइफ होममा पुगेका छन् । उनले त्यहाँ रहेका बालबालिकासँग करिब एक घण्टा समय बिताए ।
सन्दीप यसअघि पनि बेलाबखत त्यहाँ पुग्ने गरेका थिए । आज उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमले जनाएको छ ।
सन्दीपले बालबालिकासँग भलाकुसारी गरेका थिए । उनलाई आफूहरुबीच पाउँदा लाइफ होमका बालबालिका निकै खुशी देखिएका थिए ।