काठमाडौँ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको बताएको छ ।
कर्पोरेसनले जनतालाई आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।
इन्डियन आयलको आधिकारिक एक्स एकाउन्टबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको मौज्दात छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सुचारु छ।’
पोस्टमा भनिएको छ, ‘डराएर किनमेल गर्न आवश्यक छैन, हाम्रा सबै आउट लेटहरूमा पेट्रोल, डिजेल र एलपीजी सजिलै उपलब्ध छन्।’
इन्डियन आयलले जनतालाई शान्त रहन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।
बीबीसी हिन्दीका अनुसार भारत-पाकिस्तानबीच तनाव चुलिएपछि पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थाले पनि कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुपरेको हो ।