काठमाडौँ। डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै लाखौँ ठग्ने एक युवती प्रहरी फन्दामा परेकी छन् ।
दोलखा बैतेश्वर गाउँपालिका-८ घर भई भक्तपुर मध्यपुर थिमि-३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । एसपी आचार्यका अनुसार पैसा लिएर युवती सम्पर्कविहीन भएपछि पीडितले जाहेरी हालेका थिए ।
सुजितालाई बिहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो ।