काठमाडौँ। पूर्वसचिवहरु मधुकुमार मरासिनी, सञ्जय शर्मा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसलामाथि प्रश्न उठाई अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
उनीहरु भ्रष्टाचारमा संलग्न भएको प्रमाणहरु हुँदाहुँदै पनि विशेष अदालतले त्रुटिपूर्ण ढंगले उनीहरुलाई सफाई दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
भ्रष्टाचारमा नै दोषी ठहर भएकाहरुलाई आफूले मागदावी गरे सरह बढी सजाय हुनुपर्ने अख्तियारको दावी छ ।
पूर्वसचिवहरु शर्मा र मरासिनीसहित प्रणिता उपाध्याय, सुनिल पौडेल, रामबहादुर बुढा, रमेशप्रसाद पोखरेल, रामशरण गायकविरुद्ध अख्तियार सर्वोच्चमा गएको हो ।