२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवराज सुवेदीको दाबी ‘राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैन’

अ+ अ-

काठमाडौँ । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ ।

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

उक्त आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भनेका छन्, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’

साथै, उनले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी गराए ।

‘मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालको अस्तित्वको रक्षा र नेपाली जनताको समग्र हित र समुन्नति नै हाम्रो आन्दोलनको लक्ष्य हो,’ संयोजक सुवेदीले भनेका छन्, ‘बाह्य शक्तिहरूको संलग्नता नरहने यो आन्दोलन नेपाली जनताको लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस