२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगी राठीलाई चिया तथा कफी विकास बोर्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

अ+ अ-

काठमाडौँ । ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाइ सरकारले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।

राठीलाइ ‘२९औँ राष्ट्रिय चिया दिवस’ का अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री एवं बोर्ड अध्यक्ष रामनाथ अधिकारी र बोर्ड कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका छन् ।

राठी नेपालको पहिलो टि टेस्टर (चिया परीक्षक हुन् । उनले टेस्टिङ प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन् । २५ वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्केलगत्तै राठी इलाम टि गार्डेन पुगेर त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्म डीसी घोष एन्ड कम्पनी प्रालि कोलकाताको एक व्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिम लिएर अभ्यास गरी नेपाल फर्किए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चिया निर्यात गर्न थाले । त्यतिबेला उनी इलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्यान्ड, बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेका थिए । त्यसपछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

२०३३ सालमा हिमाल चिया उद्योग प्रालि स्थापना गरेका राठीले २०४६ सालमा पहाडी भेगमा नेपालभरिमा निजी क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालि स्थापना गर्न सफल भएका थिए । उनले २०६३ सालमा झापा हल्दीबारीमा सीटीसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग स्थापना, २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योग स्थापना गरे । हाल उनले ‘राकुरा’ ब्रान्डमा सीटीसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस