काठमाडौँ । मधेश प्रदेशले मंगलबार (बैशाख २३ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मंगलबार जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘
चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचना सम्बन्धमा मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’