काठमाडौँ । उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जना कानुन अधिकृतको मृत्यु भएको छ।
घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन्।
उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आज दिउँसो ४ बजेतिर कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको स्कोर्पियो गाडी आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोकिएको थियो। अन्य घाइतेहरूको उपचार भइरहेको छ ।