काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले गाँजा र ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त टोलीले भारतको बिरपुरबाट नेपालतर्फ पैदल आउँदै गरेका भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कार्कीलाई शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन २ ग्राम बरामद गरिएको हो।
प्रहरी नियन्त्रणमा रहेका कार्कीलाई सोधपुछ गर्ने क्रममा उनले चलाई ल्याएको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप गाडी र गाडीभित्र ११ वटा बोरामा प्याक गरेको अवस्थामा लागूऔषध गाँजा ३ सय २३।२१ केजी बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको पनि छ।