२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व नबुझाई भारतीय नम्बर प्लेटका गाडी सञ्चालन

अ+ अ-

वीरगञ्ज । छुटपूर्जी काट्ने व्यवस्था नहुँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ

छुटपूर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजश्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका गाडी चढ्नेलाई कारबाही गर्न सकेको छैन ।

स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, प्रदेश सभासद् र प्रतिनिधिसभाका सदस्यले समेत भारतीय नम्बरका गाडी बढी प्रयोग गर्ने गरेका छन् । छोटी भन्सार कार्यालयमा छुट पूर्जीको व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल प्रवेश गर्न समस्या हुने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारी भन्नुहुन्छ, ‘छुट पूर्जी काट्ने अधिकार छोटी भन्सार कार्यालयलाई नदिँदा नेपाल आउने गाडीधनीले सास्ती भोग्नु परेको हो ।’

भारतको सिकटा, भेलाई, बेतिया, इनर्वालगायत नाका भएर दैनिक सयौँ भारतीय गाडी दैनिक रुपमा बिना छुट पूर्जी नेपाल भित्रिने गरेको छ । भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक रु ४५२ भन्सार शूल्क तिर्नु पर्ने व्यवस्था छ । छोटी भन्सार कार्यालयमा छुट पूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल भित्रिनाले लाखौँ राजश्व गुम्ने गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव सरकारले जहाँ जहाँ छुट पूर्जी काट्ने अधिकार दिएको छ त्यहाँबाट मात्र काट्न सकिने बताउँछन् । छोटी भन्सार कार्यालयलाई छुट पूर्जी काट्ने अधिकार नदिँदा सवारी धनीलाई २५ किलोमिटरको बाटो तय गरी छुट पूर्जीका लागि वीरगञ्ज भन्सारमा आउनु पर्ने बाध्यता रहेकाले ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयलाई सो अधिकार दिनु पर्ने माग सवारी धनीको रहेको छ । रासस