काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आगलागीमा परी तीन वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको पुष्टि भएको छ ।
मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस्तै आगलागीका कारण १३ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागी विद्युत् चुहावटका कारण भएको हो ।







