काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका-६ स्थित कदमा गाउँमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।
कदमा गाउँमा मंगलबार दिउँसो एक्कासि सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गर्यो ।
यस्तै आगलागीका कारण १३ घर जलेर नष्ट भएका छन् । अहिले आगलागी नियन्त्रण गर्नका लागि दमकल प्रयोग गरिएको छ तर चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रण गर्न समस्या भएको स्थानीयहरूले बताएका छन् ।
प्रहरीका अनुसार, अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।