२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य

अ+ अ-

भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए । सुरुदेखि बलियो देखिएको मधेसलाई हरिशंकर साहले राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेस दासले थप रन जोडे ।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दिपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे । बलिङमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २र२ विकेट र फिरदोस अन्सारी तथा दिपेस कँडेलले १ विकेट लिए ।