२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस हातहतियारको होडबाजी र नि:शस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेष गरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरूकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय  शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।

यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसंघको विश्वास छ । निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसंघीय कार्यालय (युएनओडिए)को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुट रेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताएका छन् ।

विश्व शान्ति र निःशस्त्रीकरणका लक्ष्य हासिल गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको युएनओडिएको एसिया प्रशान्त कार्यालय काठमाडौँमा रहेको छ । यो कार्यालयको तत्वावधानमा आज यहाँ नि:शस्त्रीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना हुने जनाइएको छ ।