२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालदार अड्डामा ट्रेड युनियनका नेता–श्रृंखला २

अ+ अ-

काठमाडौं । राजनीतिक दलहरुले सरकारी कार्यालयहरुमा आ –आफ्ना भातृ संगठनका रुपमा ट्रेड युनियन खोल्ने विषय कति ठीक कति बेठीक भन्ने विषयमा पनि लामै बहस भयो । ट्रेड युनियनको आडमा कर्मचारीले अनुशासन लत्याउँदै जिम्मेवारीबाट पन्छिदै आएको र दलका भातृ संगठन जस्तै युनियनहरुले पार्टी र आफु समर्थित कर्मचारीको लागि मात्रै लड्ने र भ्रष्टाचारलाई थप बल पुग्ने कुरा पनि नउठेको भन्नेबारे धेरै थरी तर्कविकर्त नउठेका होइनन् । यसका बाबजुद पनि केही समय अघिमात्रै सरकारले ट्रेड युनियनलाई मान्यता दिँदै आधिकारीक ट्रेड युनियनको चुनाव समेत गराइ सकेको छ ।

आधिकारीक ट्रेड युनियनको निर्वाचन अघिसम्म नेपाल एकिकरणअघि अस्थित्वमा रहेका बाइसे/चौबिसे राज्य झै कार्यालयहरुमा दलैपिच्छेका युनियन गठन गरी गक्ष अनुशारको साम्राज्य चलाउँदै आएका ट्रेड युनियनहरुको दबदवा निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन गठन पछि पनि कायमै छ । सरुवा, बढुवादेखि लिएर मालदार अड्डामा उनिहरुकै रजगज छ ।

सरुवा, बढुवा, नियुक्ति लगायतका विषयमा कर्मचारी नेतृत्वभन्दा ट्रेड युनियन नेतृत्वको दौडधुप बढ्ने कुरामा थप भनिरहनु पर्दैन । यसले कर्मचारी भएर मात्रै जागिर खान्छु भन्ने इमान्दार कर्मचारीहरुलाई नराम्ररी त गलाएको छ नै, योग्यता, दक्षता र क्षमताले आर्जेको जागिरमा थप कुनै न कुनै दलसम्बद्ध ट्रेड युनियनको ट्याग भिर्नै पर्ने बाध्यात्मक अवस्थासमेत सिर्जना गरेको छ । ट्रेड युनियनमा बोलवाला रहेकै कारण मालदार अड्डामा रजगज जमाउन जमाएका थप केही कर्मचारीहरुको बारेको यो रिपोर्ट भाग–२ :

मोहन मान स्वाँर, नायब सुब्बा
संयोजक, सल्लाहकार समिति, नेपाल राष्ट्रिय कर्मचारी महासंघ
२०४३ सालमा खरिदारबाट जागिरी शुरु गरेका स्वाँरको मालपोत कार्यालय मोह २०४९ देखि नै रह्यो । त्यसपछिका १५ वर्ष उनले मालपोत कार्यालय बर्दिया, कलंकी, पर्सा र रुपन्देहीमा बिताए । ट्रेड युनियन पदाधिकारीका हैसियतले ५ वर्ष सामान्य प्रशासन मन्त्रालय बसेका स्वाँर हाल सहकारी बिभागमा कार्यरत रहेका छन् । उनी राष्ट्रिय कर्मचारी संगठन निजामतीको महासचिब, राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष हुँदै हाल सोही महासंघको सल्लाहकार समितिको संयोजक रहेका छन् ।

सुरेश प्रसाद चपाईं, नायब सुब्बा
उप महासचिब, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)
पदले नायब सुब्बा रहेका सुरेश प्रसाद चपाईं नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) का उप महासचिब रहेका छन् । खरिदार पदबाट जागिर शुरु गरेका चपाईं निरन्तर आकर्षक कार्यालयमा रहेर काम गर्ने कर्मचारीमध्ये पर्दछन् । उनी बागमती अञ्चल यातायाता कार्यालयको साना ठूला सवारी शाखा, यातायात ब्यवस्था कार्यालय ललितपुरको साना ठूला सवारी शाखामा लामो समय काम गर्न पाउने भाग्यमानी कर्मचारीको लिष्टभित्रै पर्छन् ।

अनियमित आम्दानीका लागि प्रख्यात रहेको अर्को कार्यालय यातायात ब्यवस्था कार्यालय नारायणी पर्सामा समेत बसेर काम गरेका छन् चपाईंले । सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा माओबादी मन्त्री रेखा शर्मा रहँदा सामान्यकै कर्मचारी प्रशासन शाखामा बसेर नेपाल राष्ट्रिय कर्मचारी संगठन अनुकुल सरुवा सेटिङ्गका लागि काम गरेका चपाईं सरकार परिवर्तनसँगै फेरि त्यस्तै मालदार अड्डा पर्किएका छन् ।

हरि बहादुर रावल, नायब सुब्बा
अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)
स्वास्थ्यचौकी म्यान्मा कालिकोटमा मुखियाबाट जागिर शुरु गरेका हरि बहादुर रावल २०६५ देखि २०६९ सम्म करिब चार वर्ष बैदेशिक रोजगार बिभागमा कार्यरत रहेका थिए । हाल सामान्य प्रशासन मन्त्रालयमा ट्रेड युनियन काजमा छन् । माओबादीअसम्बद्ध संगठन रा.क.स. को अध्यक्ष भएपछि कर्मचारीहरुको सरुवा लिस्ट बनाएर सरुवा गराउन दबाब दिदै हिड्ने कर्मचारी नेताको लिष्टमा उनको नाम पनि पर्ने गरेको छ ।

राजेन्द्र कुमार श्रेष्ठ, लेखा अधिकृत
उपमहासचिब, नेपाल निजामती कर्मचारी संगठन
निजामती कर्मचारी संगठनका पूर्व कोषाध्यक्ष तथा हालका उपमहासचिब राजेन्द्र कुमार श्रेष्ठ पदले लेखा अधिकृत हुन् । सह–लेखापालबाट जागिर शुरु गरेका श्रेष्ठ सहलेखापाल पदमा शहरी बिकास तथा भवन डिभिजन कार्यालय मोरङ्ग, लेखापाल हुँदा सिचाई बिभाग ललितपुरमा समेत काम गरेका छन् ।

लेखापाल र लेखा अधिकृतको पदमा महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमा बसेर बिभिन्न मालदार अड्डामा करिब १० वर्षसम्म काजमा समेत बसेर काम गरेका छन् श्रेष्ठले । हाल उनी लेखाका कर्मचारीलाई आम्दानीका हिसाबले आकर्षक मानिने तर कसैको आँखा नलाग्ने पर्यटन बिभागमा कार्यरत रहेका छन् ।

महेन्द बिश्वकर्मा, शाखा अधिकृत
अध्यक्ष, राष्ट्रिय दलित कर्मचारी समाज नेपाल
नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय नेतृत्व तहमा बसेर काम गरिसकेका महेन्द्र बिश्वकर्मा राष्ट्रिय दलित कर्मचारी समाज नेपालका अध्यक्षसमेत हुन् । बिश्वकर्मा ६ वर्षसम्म अध्यागमन बिभाग र अन्तर्गत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयमा बसेर काम गरी सकेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मोरङ्ग र झापाको स्टोर तथा प्रशासन शाखा समेत सम्हालेका बिश्वकर्मा मालदार अड्डा चाहार्ने कर्मचारी मध्येमा पर्दछन् ।

जित बहादुर मडैं, शाखा अधिकृत
पूर्व महासचिब, नेपाल निजामती कर्मचारी युनियन (संघ)
काठमाण्डौंमा एउटा मात्रै मालपोत कार्यालय रहँदा करिब ३ वर्ष मालपोत कार्यालय काठमाण्डौंमा रहेका मडैं गृह अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुरमा ४ वर्ष र अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ४ वर्ष बसिसकेका कर्मचारी हुन् । आजकल शाखा अधिकृतको रुपमा पुष्पलाल मध्य पहाडि लोकमार्गको स्टोर प्रमुख उनी अझैपनि अन्तराष्ट्रिय बिमानस्थलबाट अनियमित कामदार पास गराउने सेटिङमा संलग्न छन् भन्ने गरिन्छ । अनियमित आम्दानीबाटै उनले काठमाण्डौ कोटेश्वरमा घर ठड्याएका छन् भने आफ्नै महङ्गो गाडीमा सयर गर्ने कर्मचारी समेत भनेर चिनिन्छन् ।

पोषण बहादुर थापा, नायब सुब्बा
केन्द्रीय सदस्य, नेपाल निजामती कर्मचारी युनियन
मुखियाबाट जागिर शुरु गरेका पोषण थापाले जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली, ओखलढुङ्गा र मकवानपुरबाट राम्रै आम्दानी गरेका कर्मचारी हुन् भनेर चिनिन्छन् । खरिदार भए पश्चात जिल्ला प्रशासन महोत्तरीको नागरिकता फाँटमा बसेका थापा नायब सुब्बा भए पछि झनै मालदार अड्डामा बस्न सफल छन् ।

यातायात कार्यालय पर्सामा २ वर्ष बसेका थापा त्यसपछि वैदेशिक रोजगार बिभाग, राजश्व अनुसन्धान बिभाग समेत बसिसकेका कर्मचारी हुन् । करिब डेड वर्ष अघिदेखि यातायात कार्यालय, धनुषामा काम गरेका थापालाई उनको अनियमित हरकतकै कारण हालसालै यातायात ब्यवस्था विभागमा काजमा तानिएको छ ।

यो पनि हेर्नुहोस् :
मालदार अड्डामा ट्रेड युनियनका नेता- भाग एक 

 

पूर्ण शंकर यादब, सहायक वन अधिकृत
उपाध्यक्ष, नेपाल मधेशी निजामती कर्मचारी मञ्च
नेपाल मधेशी निजामती कर्मचारी मञ्चका १९ केन्द्रीय उपाध्यक्षमध्येका एक पूर्ण शंकर यादबको स्थायी घर सप्तरी भए पनि उनी जागीरका हिसाबले कैलाली जिल्लाकै रैथाने भइसकेका छन् । नेपाल रेन्जर संघको सुदुर–पश्चिमाञ्चल उपाध्यक्ष रहेका यादब सहायक वन अधिकृतको पदमा बढुवा भएपछि पनि कैलालीमा नै कार्यरत छन् ।

रेन्जर पदमा पनि उनी कैलालीमै रहेर काम गरेका कर्मचारी हुन् । जिल्ला वन कार्यालय, कैलालीलाई वन क्षेत्र बढी भएको जिल्ला मानिन्छ । नम्बरी आवादी र वन सदुपयोग र वन मुद्धाको कामलाई वनमा अतिरिक्त आम्दानीको माध्यम मानिन्छ र कैलालीमा यस्ता काम लगभग यिनै यादबले गर्दै आएका छन् ।

बिन्देश्वर प्रसाद पटेल, सहायक वन अधिकृत
उपाध्यक्ष, नेपाल मधेशी निजामती कर्मचारी मञ्च
बिन्देश्वर प्रसाद पटेल नेपाल रेन्जर संघका वर्तमान अध्यक्ष समेत हुन् । पदले सहायक वन अधिकृत रहेका पटेल जिल्ला वन कार्यालय बारामा कार्यरत छन् ।

बारा जिल्लालाई वन सम्बन्धी बढी बिबादित जिल्ला मानिने गरिन्छ । जिल्लाबाट हाइ–वे नजिक, पैदावारको बढी चोरी निकासी हुने र वन अतिक्रमण पनि बढी हुने जिल्लामा पर्दछ बारा । स्थानीय ठेकेदारसँग मिलोमोतो गरेर समग्र वन कार्यालयलाई नै आफ्नो अनुकुल चलाउने कर्मचारीका रुपमा चिनिन्छन् पटेल ।

यिनीको आम्दानीको सेटिङ्गसँग मिल्न नसक्ने जिल्ला वन अधिकृत बारा जिल्लामा टिक्न नसक्ने गाइगुई सुनिएको पाइन्छ । आफु अनुकुल काम गराउन उपभोक्ताहरुलाई उचाल्ने अनि जिल्लालाई नै बिबादित बनाएर आफ्नो स्वार्थ अनुसार समग्र जिल्ला वनलाई चलाउन यिनी माहिर मानिन्छन् ।

नोटः स्थायी सरकारसमेत भनिने कर्मचारी प्रशासनलाई इमान्दार, नैतिकवान् र सदाचारी बनाइ आम नागरिकको सेवामा समर्पित गराउने हाम्रो अभियानमा यहाँ पनि साथ दिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोस् । यसका लागि हाम्रो ठेगाना रहेको छ –[email protected]/[email protected] वा  १–४११५५५५ मा पनि आफ्ना खबर टिपाउन सक्नुहुने छ ।