जीप दुर्घटनामा परी ३ को मृत्यु, १६ घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जीप दुर्घटनामा परी ३ को मृत्यु, १६ घाइते


८ बैशाख २०७५, शनिबार


डोटी । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप आली गाउँको नजिकै खोलामा दुर्घटना ग्रस्त हुन पुगेको हो ।

दुर्घटनामा परी शिखर नगरपालिका–३ जोरगाउँका ४० वर्षिया खिन्तुरी भूल, ३२ वर्षिया कटी सार्की र १४ बर्षिया बालक सुरज भुल रहेका छन् ।

घटनास्थलमा उद्धारकार्य जारि रहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस