काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।
मंगलवार साँझसम्म समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा हो । उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ ।
आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको कसरतमा रहेका गभर्नर अधिकारीले ठूलो नीतिगत परिवर्तन नगर्ने तयारीको रहेको समेत बताइएको छ ।
गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षाबारे मंगलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग समेत छलफल गरिसकेको जनाइएको छ ।