५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनको मुख्य सहयोगी सुजु मल्ल सार्वजनिक

अ+ अ-

बुटवल । प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा बुधबार राति काठमाडौंमा पक्राउ परेका मल्ललाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मल्लले आपराधिक गतिविधि र रकम असुलीका लागि पुनलाई विभिन्न व्यक्तिको सूचना उपलब्ध गराएको तथ्य फोन संवादबाट पाइएको प्रहरीले बताएको छ । युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र नेता वसन्त पौडेल बलुको हत्या तथा हत्यापश्चात् आन्दोलनका सूचनासमेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ ।

यस्तै प्रहरी मुठभेडमा मारिएका गुन्डा नाइके पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेल बलुको हत्या पुन समूहले गरेको थियो ।

रुपन्देही प्रहरीका अनुसार पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ ।

यसअघि प्रहरीले बुधबार बिहान इलाका प्रहरी कार्यालय बुटवलमै पत्रकार सम्मेलन गरी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका रुपन्देही देवदह–४ का लेखनाथ न्यौपाने, युथ फोर्स रुपन्देहीका पूर्व नेता बुटवल–७ का उत्तम आचार्य, मोहिनी हाइजिन मदिरा उद्योगका अध्यक्ष बुटवल–४ का हरिप्रसाद श्रेष्ठ, देवदह–५ का तुल्सी न्यौपाने र देवदह–६ का रोशन खड्कालाई प्रहरीले सार्वजनिक गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस