५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी २८ लाख ६० हजार ठगी गर्ने रामेछापका अजय तामाङ र सोही ठाउँका विष्णु मोक्तानलाई बुधबार पक्राउ गरेको हो ।

परिसरले बिहीबार पत्रकार सम्मेलन गरी सुनजस्तो देखिने धातुलाई सुन भनी ठगी गरेको बताएको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले पुस २३ गते भक्तपुर सूर्यविनायकका राजेन्द्र थापालाई नागार्जुन सेतो गुम्बा जाने बाटोमा २८ लाख ६० हजारमा ठगी गरी फरार भएको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

यस्तै, विभिन्न कम्पनीका मोबाइल र ल्यापटप चोरी गरी फरार गिरोहलाई बुधबार पक्राउ गरेको छ । परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ३३ थान मोबाइल, दुई थान आइफोन प्याड, टेलिभिजन दुई थान, डिजिटल क्यामरा दुई थान, नेपाली रुपैयाँ ४३ हजार ५००, भारतीय रुपैयाँ दुई हजार र पाँच थान ल्यापटपसहित काठमाडौंका दीपेश श्रेष्ठ र सिन्धुपाल्चोकका सुवास खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख पोखरेलले बताए । यसैगरी, बौद्ध वृत्तले नै सामाजिक सञ्जालमार्फत चिठृा प¥यो भन्दै एक लाख ४५ हजार ८०० ठगी गर्ने चितवनका अभिषेक गौतम र राम पौडेललाई बुधबार नै पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

ठगीमा संलग्न व्यक्तिलाई मुलुकी ऐनको ठगीको महलबमोजिम ठगी लिएको बिगोबमोजिम जरिवाना र पाँच वर्ष कैद हुने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस