काठमाडौँ । काजकिस्तानको उल्टाउ क्षेत्रमा सोमबार राति एउटा खानी भत्किँदा सात जनाको मृत्यु भएको देशको काजिनफर्म समाचार एजेन्सीले जनाएको छ ।
दुर्घटनाको समयमा सात जना खानीमा फसेका थिए । मंगलबार बिहानसम्म सातै खानी मजदुरको शव निकालिएको थियो ।
कजाखका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले सरकारलाई घटनाको कारणहरूको गहिरो अनुसन्धान गर्न आदेश दिएका छन्। त्यसका लागि विशेष आयोग गठन गरिएको छ ।
खानी कम्पनी कजाख्मिसको प्रारम्भिक निष्कर्षले प्राकृतिक ग्यास विस्फोटका कारण खानी भत्किएको देखाएको छ ।