५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

अ+ अ-

चितवन । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै अनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले भने,‘सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।’

जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताए । अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उनले भने, ‘जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।’

लागूऔषध दुव्र्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उनले निर्देशन दिए । मन्त्री थापाले भने, ‘लागूऔषधले घरघरमा विकृति बढाएको छ, यो अपराध नियन्त्रणमा विशेष कार्ययोजना बनाउन जरुरी छ ।’

प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताए । प्रहरीको समयमा बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको स्वीकार गर्दै उनले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन पनि दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पर्याप्त मात्रामा जनशक्ति नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भएको बताए ।

प्रतिक्रिया दिनुहोस