२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठको पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

अ+ अ-

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरे ।

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले आज मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताए।

उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्रि उडानको व्यवस्था मिलाइने उल्लेख गरे ।

अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पुर्याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिए।
सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ । तर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको पछिल्लो विवरणअनुसार ८.२ को योगदान रहेको देखाएको छ ।

मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए।

पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले संस्थागत स्मरणको कमजोरी तथा पर्यटकीय पूर्वाधारमा कम लगानीकै कारण अथाह सम्भावनाबीच पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको तर्क गरे ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्वतीय पर्यटन नेपाली पर्यटनको आधार हो भन्दै नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा (हाल आठ वटा) हिमाल छन् भन्ने विश्व पर्वतारोहण संघबाट अनुमोदनका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चीनबाट बढी पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक अभियान चलाइनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पदयात्रा र पर्वतीय पर्यटनलाई व्यवस्थित बनाई पूर्वाधारमा लगानी गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

परिषद्का अध्यक्ष वैकुण्ठनारायण प्रधानले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत तथा व्यवस्थापकीय कार्य कसरी सरोकार भएका निकायबाट अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले आगामी रणनीति तय गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी संस्कृति र पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटनको विकास प्रवद्र्धनका लागि आगामी कार्ययोजनाबारे सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस